Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रिय सभा निर्वाचन : हर्क साम्पाङले पनि मतदान नगर्ने

राष्ट्रिय सभा निर्वाचन : हर्क साम्पाङले पनि मतदान नगर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
  • राष्ट्रिय सभा निर्वाचन : हर्क साम्पाङले पनि मतदान नगर्ने

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका धरान उपमहानगरपालिकाका प्रमुख  हर्क साम्पाङ राईले भने मतदान नगर्ने भएका छन् ।

    images
    images

    राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । प्रमुख साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् ।

    बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । यस्तै काठमाडौं महानगरकाका मेयर बालेन शाहले मतदान नगर्ने बताएका छन् । नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न जाने सम्भावना कम रहेको बताइएका छन्  ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट