Sep 20 2024 | २०८१, असोज ४ गते

सूचना र प्रविधिको उचित प्रयोगले देशको विकास गर्न सकिन्छ : मन्त्री शर्मा

सूचना र प्रविधिको उचित प्रयोगले देशको विकास गर्न सकिन्छ : मन्त्री शर्मा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
  • सूचना र प्रविधिको उचित प्रयोगले देशको विकास गर्न सकिन्छ : मन्त्री शर्मा
    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताएकी छन् ।
     
    पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २०औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिइन् । 
     
    “साइबर सुरक्षा नीति २०८० पारित भएको छ, सूचना र प्रविधिको क्षेत्रमा कतिपय कानुन छैनन”, मन्त्री शर्माले भनिन्,“सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउने छ, सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउनुपर्छ ।” 
     
    मन्त्री शर्माले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने जानकारी दिँदै नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा समेतको लागिरहेको स्पष्ट पारे । 
     
    इन्जिनियरिङ क्षेत्रमा यो क्याम्पस आफैँमा ‘ब्रान्ड’ भएकाले विश्वमा विज्ञता हासिल गरेपछि देशको विकासमा ध्यान दिन उनको आग्रह थियो ।
     
    त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले पढ्ने मात्रै नभएर सीपमा ढाल्ने अन्तर्राष्ट्रियस्तरमै अभियान चलेको र विद्यार्थीले आफैँले प्राविधिक प्रदर्शनी गर्नु महत्वपूर्ण भएको बताइन्। उनले प्रविधिको विकासमा लागि र त्यसको प्रयोग महत्वपूर्ण रहेको स्पष्ट पारीन् । 
     
    इन्जिनियर क्याम्पसका डिन शशिधरराम जोशीले इन्जिनियरिङ अध्ययन गर्ने उत्कृष्ट संस्था भएको र राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने भएको बताइन्। 
     
    क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्यले क्याम्पसले प्रदर्शनी तीन दिनसम्म प्रदर्शनी चल्ने जानकारी दिइन् । प्रदर्शनीमा सूचना प्रविधिको माध्यमबाट पर्यटन, कृषि, स्वास्थ, नयाँ सूचना प्रविधिसम्बन्धी सामग्री राखिएका छन् ।

     

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट