Sep 20 2024 | २०८१, असोज ४ गते

एमसीसी रोक्न माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

एमसीसी रोक्न माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
  • एमसीसी रोक्न माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

    काठमाडौँ । एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउनुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा पुस १८ गते न्यायाधीश बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्ष बोलाएर छलफल गर्ने आदेश गरेको थियो । इजलासबाटै पुस २९ को पेसी तोकिएकोमा रिट न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुनिलकुमार पोखरेलेको इजलासमा परेको थियो । तर, मुद्दा हेर्न नभ्याइनेमा परेपछि अर्को माघ ५ मा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र विनोदकुमार शर्माको इजालासमा परेकोमा हेर्न नमिल्नेमा परेको थियो ।

    images
    images

    शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउत र अन्तरिम आदेशका लागि पेसी तोकेका न्यायाधीश बालकृष्ण ढकालसहितको इजालासले भने अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्तिम सुनुवाइका लागि पठाउने राय दिएको वरिष्ठ अधिवक्ता भण्डारीले जानकारी दिए । शुक्रबार न्यायाधीशद्वय राउत र ढकालको इजलासको पहिलो नम्बरमै राउतको रिट परेको थियो ।  ०७८ फागुनमा संसद्ले एमसीसी परियोजनासम्बन्धी सम्झौता अनुमोदन गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता भण्डारीले रिट दायर गरेका थिए । उनको रिट सर्वोच्च प्रशासनबाटै दरपिठ भएपछि भण्डारीले इजलासमा निवेदन लगेका थिए ।

    उनको निवेदनमा न्यायाधीश सपनाप्रधान मल्लको इजलासले दरपिठ खारेजीको निर्णय बदर गरिदिएपछि ०७९ साउन ५ मा दर्ता भएको थियो । साउन ८ गते वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले कागजात झिकाउने आदेश गरेपछि एकै पटक ०८० साल पुस १८ मा सुनुवाइ सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट