Sep 20 2024 | २०८१, असोज ४ गते

आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढाउनुपर्छ : मुख्यमन्त्री कार्की

आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढाउनुपर्छ : मुख्यमन्त्री कार्की

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
  • आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढाउनुपर्छ : मुख्यमन्त्री कार्की

    मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images

    प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै उनले प्रविधि प्रयोगमार्फत  जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याए । 

    मुख्यमन्त्री कार्कीले जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिए । उनले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गरे ।

    मुख्यमन्त्री कार्कीले आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला र प्राडा हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभूति गराउनुपर्ने आवश्यकता औँल्याउँदै आपराधिक कार्यको अनुसन्धानमा  वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । 

    प्रदेशस्तरीय उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट