Sep 20 2024 | २०८१, असोज ४ गते

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराजलाई हटाइयो

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराजलाई हटाइयो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
  • सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराजलाई हटाइयो

    धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो ।

    images
    images

    धामी पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन् । माओवादीको यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । संसदीय दलका उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन गरेको जानकारी गराए ।  अब माओवादी मन्त्रीहरू पनि फेरबदल हुने रावलले संकेत गरे । सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित ३ मन्त्री रहेका छन् । पछिल्लो समय सुदूरपश्चिम माओवादीमा खटपट देखिएको छ ।

    सरकारको कार्यसम्पादन, माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरू कार्यक्षमता र दलका नेता  भट्टको कार्यशैलीलाई लिएर राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए । संसदीय मोर्चाबाट पत्र बुझाउनेमा सभामुख भीमबहादुर भण्डारी, प्रमुख सचेतक मानबहादर धामी, राज्यमन्त्री गीता माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक थिए ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार