Sep 20 2024 | २०८१, असोज ४ गते

तराईमा हुस्सुले जनजीवन कष्टप्रद, तापक्रम घट्ने हुँदा चिसोबाट बच्न  महाशाखाको आग्रह

तराईमा हुस्सुले जनजीवन कष्टप्रद, तापक्रम घट्ने हुँदा चिसोबाट बच्न  महाशाखाको आग्रह

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
  • तराईमा हुस्सुले जनजीवन कष्टप्रद, तापक्रम घट्ने हुँदा चिसोबाट बच्न  महाशाखाको आग्रह

    काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । धेरै दिनदेखिको बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टप्रद बनेको छ ।

    images
    images

    दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्ने हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट