Sep 20 2024 | २०८१, असोज ४ गते

अध्यागमन अधिकृत कुटपिट : संलग्न प्रहरीलाई निलम्बन गर्न गृहमन्त्रीलाई ३ दिनको अल्टिमेटम 

अध्यागमन अधिकृत कुटपिट : संलग्न प्रहरीलाई निलम्बन गर्न गृहमन्त्रीलाई ३ दिनको अल्टिमेटम 

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
  • अध्यागमन अधिकृत कुटपिट : संलग्न प्रहरीलाई निलम्बन गर्न गृहमन्त्रीलाई ३ दिनको अल्टिमेटम 

    काठमाडाौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि पाँच कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन्।

    images
    images

    आज बिहान बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिने निर्णय गरेको नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले जानकारी दिए।

     ‘हामी आजै गृहमन्त्रीज्यूलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिन्छौँ’, बैठकको निर्णयलगत्तै महासचिव रावलले भने, ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ।’ घटनाबारे छलफल गर्न आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको बैठकमा सबै दलनिकट संगठनका पदाधिकारी सहभागी थिए। 

    गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट