Sep 20 2024 | २०८१, असोज ४ गते

नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छन्ः महासचिव पोखरेल

नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छन्ः महासचिव पोखरेल

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
  • नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छन्ः महासचिव पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजना छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरूबीचको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

    images
    images

    उनले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरू पछि परेको बताए।परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।

    महासचिव पोखरेलले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको बताए। उनले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको जिकिर गरे।

    उनले बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षिय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए।

    साथै महासचिव पोखरेलले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे। उनले नेपाल र चीन बीचको भूगोललाई चुनौति नभइ अवसरका रूपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षीय सम्बन्धलाई फराकिलो बनाउने पनि बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट