Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारले जनपक्षीय काममा प्राथमिकता दिनुपर्छ : अध्यक्ष नेपाल

सरकारले जनपक्षीय काममा प्राथमिकता दिनुपर्छ : अध्यक्ष नेपाल

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
  • सरकारले जनपक्षीय काममा प्राथमिकता दिनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको जनाउँदै यो प्रयासलाई अझ बढाउनुपर्नेमा जोड दिएका छन् । 

    images
    images

    पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यो प्रयासलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने वा व्यवस्था परिवर्तन गर्ने कोसिस भइरहेकामा चिन्ता व्यक्त गर्दै वर्तमान व्यवस्थाका पक्षधर सजग हुनुपर्ने बताए । 

    “मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरु सजग हुनुपर्छ”, अध्यक्ष नेपालले भने ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई  बलियो बनाउनुपर्नेमा जोड दिए । उनले समाजमा विद्यमान वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताए । 

    उनले विश्व राजनीतिको चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय मुद्रास्फितिले विश्व सामाजिक परिवेशमा हुनसक्ने प्रभावका साथै त्यसले मुलुकको अर्थतन्त्रमा पर्ने नकारात्मक असरबारे धारणा राखे। नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा गठन गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजिक अन्तर्विरोधको न्यूनीकरण गर्न वर्गीय विभेद्को अन्त्य गर्नुपर्ने  बताए । 

    उनले तीन तहको सरकारमा पार्टीको सहभागिता रहेको जनाउँदै जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिए । विद्यमान समाजवादी मोर्चालाई कायमै राख्नुपर्ने भन्दै उनले हालैको राष्ट्रियसभा निर्वाचनको परिणामका आधारमा वर्तमान सत्ता गठबन्धन विभाजित हुन नहुने पनि बताए । 

    उनले बैठकबाट पारित विधानबमोजिम पार्टीको प्रथम महाधिवेशन हुने जानकारी दिए । सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष डा वेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका, नेकपा(एमाले) बाट अलग भएर नयाँ पार्टी गठन गर्नुको औचित्यका विषयमा सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट