Sep 20 2024 | २०८१, असोज ४ गते

तराईमा बाक्लो हुस्सु र कुहिरो, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

तराईमा बाक्लो हुस्सु र कुहिरो, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
  • तराईमा बाक्लो हुस्सु र कुहिरो, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

    काठमाडौँ । मंगलबार काठमाडौँ उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images
    images

    आज बिहान तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर परेको छ । झन्डै एक महिनादेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईका केही ठाउँमा परेको शीतलहरका कारण तराईको जनजीवन दैनन्दिन कष्टकर बन्दै गएको छ । महाशाखाले अझै केही दिन तराईमा लागेको बाक्लो हुस्सु नहट्ने जनाएको छ ।  यता देशभर चिसो बढ्नेक्रम रोकिएको छैन । उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ । आज काठमाडौँको न्यूनतम् तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ । महाशाखाको अनुसार आज पहाडी क्षेत्रमा भने मौसम आंशिकरूपमा बदली भएको छ । बाँकी भू–भागमा सामान्यतः मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

    उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहे पनि वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट