Sep 20 2024 | २०८१, असोज ४ गते

नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्‍यो मानसरोवर माउन्टेन फ्लाइट 

नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्‍यो मानसरोवर माउन्टेन फ्लाइट 

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
  • नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्‍यो मानसरोवर माउन्टेन फ्लाइट 

    काठमाडौँ । निजी हवाई सेवा कम्पनी श्री एयरलाइन्सले कैलाश मानसरोवरमा माउन्टेन फ्लाइट सेवा सुरु गरेको छ । सोमबार सीआरजे ७०० ९  एन एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शन हेर्न सकिने गरी पर्वततीय उडान भरेको छ । 

    images
    images

    नेपाली भूभागबाट यसरी मानसरोव दृष्यावलोकनका लागि उडान गरिएको यो पहिलोपल्ट हो । नेपालगञ्जबाट नेपाली र भारतीलगायत पर्यटकका लागि ध्यानमा राखेर यो सेवा सुरु गरिएको श्री एयरलाइन्सले जनाएको छ । मुख्यगरी धार्मिक पर्यटकलाई ध्यानमा राखेर यो सेवा सुरु गरिएको हो ।

    श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्ज, पाथिल होलिडे काठमाडौंको सहकार्यमा २७ हजार फिटमाथिबाट कैलाश तथा मानसरोवर दर्शनका लागि यो उडान सेवा गरिएको छ । सोमबार पहिलो उडानमा क्याप्टेन प्रफुल्ल बैद्य तथा क्याप्टे राजेश श्रेष्ठको नेतृत्वमा चालकदलका ५ सहित ४४ जना यात्रु रहेका थिए ।

    ३५ वटा सिटको झ्यालबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन पश्चात यात्रुलाई काठमाडौंस्थित पशुपतिनाथको समेत दर्शन गराउने योजना रहेको श्री एयरलाइन्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट