Aug 12 2026 | २०८३, साउन २७ गते

एकैपटक सात वटा ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन एमाले कोसीको माग

एकैपटक सात वटा ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन एमाले कोसीको माग

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
  • एकैपटक सात वटा ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन एमाले कोसीको माग

    विराटनगर । नेकपा(एमाले) कोसी प्रदेश संसदीय दलले प्रदेश सरकारले एकैपटक सात वटा ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन माग गरेको छ । 

    images

    एमाले दलको कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यादेश फिर्ता लिन माग गरेको हो । सरकारले सात वटा ऐन संशोधन गर्न अध्यादेश जारी गरेको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले प्रदेशसभाका पदाधिकारीलाइ सवारी साधन थप्ने गरी अध्यादेश ल्याएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।  

    उनले भने, “यसले गर्दा सबै दलका नेताहरूले सवारी साधन दिँदा वार्षिक २० लाख खर्च बढ्नेछ । आफू मुख्यमन्त्री रहीरहन  चोर बाटोबाट सुविधा थपेको हो ।”  अस्पताल विकास समितिको अध्यक्ष जिल्ला समन्वय समिति नरहने गरी सरकारले आफैँ नियुक्त गर्न सक्ने गरी स्वास्थ्य ऐन संशोधन गरिएको भण्डारीले बताए । 

    लगानी प्राधिकरणका सीईओलाई निरन्तरता दिन स्वेच्छाचारी ढंगले सरकार अघि बढेको भण्डारीले बताए । “अध्यादेश फिर्ता नलिए केही अप्रिय कदम चाल्न बाध्य हुनेछौँ,” उनले भने ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि विशेष अधिवेशन बोलाउने वा सदन अवरुद्ध गर्नेसम्मको निर्णय लिने एमालले तयारी गरेको बताइएको छ । 

    “आउने सभा सुरु गर्नुभन्दा अगाडि फिर्ता लिनुपर्छ । सभामा छलफल भएर के आवश्यकता हो भन्ने प्रस्ट भएर गर्नुपर्छ । वैधानिक र पारदर्शी ढंगले सुविधा दिनुपर्छ,” प्रमुख सचेतक भण्डारीले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट