Jan 30 2025 | २०८१, माघ १७ गते

images
images

सौर्य उर्जा जडानका विविध पक्षमा उद्योगीहरुका साथ अन्तरक्रिया 

सौर्य उर्जा जडानका विविध पक्षमा उद्योगीहरुका साथ अन्तरक्रिया 

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
  • सौर्य उर्जा जडानका विविध पक्षमा उद्योगीहरुका साथ अन्तरक्रिया 

    विराटनगर । डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी/व्यवसायीहरुका साथ सोलार रुफटप सम्वन्धी अन्तरक्रिया भएको छ ।  

    images
    images
    images

    नेपाल सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा कार्यक्रम भएको हो । 

    कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले सौर्य उर्जा उद्योगहरुका लागि सस्तो वैकल्पिक उर्जा भएको वताए । उनले पर्याप्त विद्युत उपलब्ध नभईरहेको अवस्थामा सौर्य उर्जाको उपलब्धता उद्योग संचालनका लागि उत्तम विकल्प हुने वताउँदै यसको प्राँविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा राखे । विश्वव्यापी रुपमा भईरहेको वातावरणीय प्रदुषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनिकरणमा समेत सौर्या उर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले समेत प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 

    वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सौर्य उर्जा संयोजक निरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा संचालित परियोजनाको प्रमुख उद्देश्य सौर्य उर्जाको प्रवद्र्धनका माध्यमबाट कार्वन उत्सर्जनमा कमी ल्याउनु रहेको वताए । उनले यसको कार्यान्वयन पक्षलाई माथि प्रकाश पार्दै यो प्रविधि उद्योग स्वयंले आफनै खर्चमा जडान गर्नसक्ने वा अन्य पक्ष मार्फत जडान गराई आफुलाई आवश्यक उर्जा किनेर उपयोग गर्न सक्ने जानकारी गराए । 

    परियोजनाका डेपुटि टिम लिडर खेमराज भण्डारीले यसको प्राविधिक र आर्थिक पक्षका विषयमा जानकारी दिदै सौर्य उर्जाको प्रयोगबाट उद्योगहरुले डिजल खपत घटाउन सक्ने वताए । उनले यस प्रविधिबाट गुणस्तरीय विद्युत उपलब्ध हुनुका साथै प्रति युनिट दर सस्तो पर्न जाने भएकाले उद्योगको खर्च न्यूनिकरणमा समेत सहयोगी हुने स्पष्ट पारे । 

    परियोजनाको वातावरणीय र सामाजिक विज्ञ अनुसुया जोशीले सौर्य उर्जा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने धारणा राखीन । एक मेगावाट भन्दा माथिको सौर्य उर्जा जडान गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आवश्यकता औल्याउदै उनले आर्थिक पक्षबाट यो प्रविधि उपयुक्त भएको वताईन । 

    कार्यक्रममा मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरु र विभिन्न उद्योग प्रतिष्ठानका संचालक व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट