Sep 20 2024 | २०८१, असोज ४ गते

जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन : मन्त्री खड्का

जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन : मन्त्री खड्का

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
  • जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन : मन्त्री खड्का

    काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षणका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले नै राज्यशक्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेकाले जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने धारणा राखे ।

    images
    images

    उपप्रधानमन्त्री खड्काले भने, “राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि काम गर्न हुँदैन ।” राजनीतिकर्मीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे नागरिकले पनि अपनत्वको भाव देखाउने जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएको बताए ।

    उपप्रधानमन्त्री खड्काले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक–फरक भए पनि आम नागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने विचार प्रकट गरे । रक्षामन्त्री खड्काले प्रशिक्षणमा रहेका सैनिक अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिए । उनले भने, “आफूलाई देशको एक अब्बल र अनुशासित सैनिक अधिकृतका रूपमा स्थापित गर्न स्वयंको जिम्मेवारी अरूको भन्दा बढी हुन्छ भन्नेमा सदैव हेक्का राख्नुपर्दछ ।”

    प्रतिष्ठानले  सेनालाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सक्षम तुल्याउने, बफादार, अनुशासित, नैतिकवान तथा दक्ष सैनिक अधिकृत उत्पादन गर्ने कार्यमा महत्वपूर्ण योगदान पु-याई प्राज्ञिक थलोका रूपमा स्थापित र परिचित गराउन गरिरहेको प्रयास गरिरहेको पनि उनले बताए । सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मासहितका अधिकारी सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट