Sep 20 2024 | २०८१, असोज ४ गते

पशुपतिमा ७ रोपनी जग्गा हडपेर बनाएका संरचना हटाउन  महानगरलाई मन्त्री किराँतीको निर्देशन

पशुपतिमा ७ रोपनी जग्गा हडपेर बनाएका संरचना हटाउन  महानगरलाई मन्त्री किराँतीको निर्देशन

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १६ २०८०
  • पशुपतिमा ७ रोपनी जग्गा हडपेर बनाएका संरचना हटाउन  महानगरलाई मन्त्री किराँतीको निर्देशन

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन महानगरलाई निर्देशन दिएका छन्।  बैठकमा मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन्।

    images
    images

    बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्राविधिक मूल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन्।  

    तत्काल कानुनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका  घर खाली गराउने भएको छ।  पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका ८ गाँचा पोखरीमा ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर  घर बनाएर भोगचलन गर्दै आएका छन् ।

    त्यस्तै वडा नं ३ भगवानस्थानमा  ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएका छन्।  सिफलस्थित लामा पोखरीमा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको कोषले जनाएको छ। 

     यी जग्गामा रहेको संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ। प्राविधिक मूल्यांकन आएको दिन नै महानगरले संरचना भत्काउन सक्ने मेयर शाहले बताए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट