मृत भेटिएकी जर्मन नागरिकको कुर्सीबाट लडेर मृत्यु भएको अनुसन्धानमा देखियो
मृत भेटिएकी जर्मन नागरिकको कुर्सीबाट लडेर मृत्यु भएको अनुसन्धानमा देखियो
काठमाडौँ । ललितपुरको नागबहालमा मृत भेटिएकी ५५ वर्षीया जर्मन नागरिक एडिलहेड स्चेनेको लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनको आफू बसेकै अपार्टमेन्टभित्र लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी परिसर, ललितपुरका सहप्रवक्ता डीएसपी भूवनेश्वर साहले बताए । उनका अनुसार ती जर्मन नागरिक बिरामी रहेको तथ्य पनि खुलेको छ ।
तालिम प्राप्त कुकुर, फरेन्सिक ल्याबको टोली लगायतका विज्ञ समूहले अनुसन्धान गरेको साहले बताए । ललितपुर महानगरपालिका–१६ नागबहालस्थित एक अपार्टमेन्टमा सोमवार बिहान जर्मन नागरिब स्चेन मृत फेला परेकी थिइन् ।