images

Jul 27 2024 | २०८१, साउन १२ गते

जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु

जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १७ २०८०
  • जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । 
     
    बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । 

    images

    दुर्घटनामा  घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताए । घाइते हुनेमा सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची  र ५६ वर्षीय फुँङ रहेका छन् । घाइतेलाई उपचारका लागि  हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार