Sep 20 2024 | २०८१, असोज ४ गते

न्यायाधीश मरासेनीको निधनमा सर्वोच्चद्वारा दुःख व्यक्त

न्यायाधीश मरासेनीको निधनमा सर्वोच्चद्वारा दुःख व्यक्त

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १७ २०८०
  • न्यायाधीश मरासेनीको निधनमा सर्वोच्चद्वारा दुःख व्यक्त

    काठमाडौँ । सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्च अदालतले जनाएको छ ।
         
    सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोट)ले उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधनमा उच्च अदालत पाटन, हेटौँडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने निर्णय गरेको छ ।
         
    “न्यायाधीश मरासेनीको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ”, पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यायाधीश मरासेनीको मङ्गलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उनी न्यायाधीशका रूपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवं न्याय र कानुनको क्षेत्रको विकासका लागि पु¥याएको योगदान अतुलनीय रहेको विज्ञप्तिमा उल्लेख छ । 
     
    विसं २०२४ जेठ २८ गते स्याङ्जामा जन्मनुभएका न्यायाधीश मरासेनीले २०५० साउन १ गतेदेखि नेपाल न्याय सेवामा शाखा अधिकृतको पदबाट सेवा प्रारम्भ गरेका थिए । उनी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश पदमा नियुक्त भएका थिए। साथै उनी २०८० पुस १९ गते उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका थिए । उनको मङ्गलबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट