Sep 20 2024 | २०८१, असोज ४ गते

माघ २२ मा नेपालभर चलचित्र भवन बन्द गरिने

माघ २२ मा नेपालभर चलचित्र भवन बन्द गरिने

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १७ २०८०
  • माघ २२ मा नेपालभर चलचित्र भवन बन्द गरिने

    काठमाडौँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ । 

    images
    images

    सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताए । “विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका छौँ । हाम्रो व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको छ”, महासचिव महर्जनले भने, “मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा यस्तो निर्णय लिन बाध्य भएका हौँ ।”

    उनले देशभर एक सय ५० चलचित्र भवन मात्र सञ्चालनमा रहेको बताउँदै यो सङ्ख्या अझै घट्दो रहेको जानकारी दिए । थपिएको करले व्यवसाय सञ्चालन गर्न गाह्रो भएको चलचित्र व्यवसायीको गुनासो छ । अहिले नेपाली चलचित्र प्रदर्शन भएबापत स्थानीय मनोरञ्जन कर बापत पाँच प्रतिशत, मूल्य अभिवृद्धि करबापत १३  प्रतिशत गरी १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । विदेशी चलचित्र प्रदर्शन भएबापत यसमा १५ प्रतिशत चलचित्र विकास शुल्क थपिएर ३३ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट