Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

व्यवसायी अरुण चौधरी पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १८ २०८०
  • व्यवसायी अरुण चौधरी पक्राउ

    काठमाडौं । व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ । बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। सीआईबीले चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याइसकेको छ। 

    images
    images
    images

    सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ। सोही कसुरमा उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले पुष्टि गर्‍यो।

    चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ। उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरी लगायत रहेका थिए। कुनै समय उक्त जग्गा दिएवापत बाँसबारी छाला तथा जुत्ता कारखाना समेत सेयर सदस्य बनेको थियो। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार