Sep 20 2024 | २०८१, असोज ४ गते

२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १९ २०८०
  • २० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

    बागलुङ । भारी हिमपातका कारण बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बागलुङको निसीखोला–६ पातिहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा अहिलेसम्म सडक खुलाउन नसकिएको हो । 

    images
    images

    हिमपात हुन रोकिएपछि आज बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले बताए । जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उनले बताए । 

    बिहीबार साँझ ४ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक सञ्चालन नहुँदा पूर्वीरुकुम र पश्चिम रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ जाने यातायताका साधन ठप्प भएका अध्यक्ष बुढामगरले बताए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट