Sep 20 2024 | २०८१, असोज ४ गते

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २१ २०८०
  • देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

    काठमाडौँ । पश्चिमी वायूसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ ।सो मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    आज दिउँसोसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको छ भने साधारणतया बाँकी स्थानको मौसम बदली रहेको छ ।

    विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । सोमबार साँझदेखि क्रमशः मौसममा सुधार हुँदै जाने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट