Sep 20 2024 | २०८१, असोज ४ गते

 ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित

 ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २३ २०८०
  •  ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ ।

    images
    images

    केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । यसको औपचारिक निर्णय आज बिहान बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने छ ।

    समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि  र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो । तर पूर्वमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण अभियान र संवाद यात्रा दुवै स्थगित भएको महामन्त्री गगन कुमार थापाले जानकारी दिए । संवादयात्राको क्रममा नवलपरासीको प्रतापपुर प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेका थापाले आज बिहान आयोजित कार्यक्रममा सो जानकारी गराएका हुन् ।

    फागुन ७, ८ र ९ गते हुने महासमितिको बैठकलगत्तै समुदायमा कांग्रेस अभियान र संवाद यात्रा सुरु गर्ने थापाले बताए । महामन्त्री थापाले माघ १३ गतेदेखि झापाबाट संवाद यात्रा सुरु गरेका थिए ।

    बैठकले बुढाथोकीको निधनमा शोक प्रकट गर्दै एक दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने परम्पराअनुसार निर्णय गर्ने थापाले बताए । पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट