Sep 20 2024 | २०८१, असोज ४ गते

आयोगका नवनियुक्त सदस्य उमाशंकरले सम्हाले कार्यभार 

आयोगका नवनियुक्त सदस्य उमाशंकरले सम्हाले कार्यभार 

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २३ २०८०
  • आयोगका नवनियुक्त सदस्य उमाशंकरले सम्हाले कार्यभार 

    काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष सदस्य उमाशंकरले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    images
    images

    उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । केही समय अघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो ।

    नवनियुक्त सदस्य उमाशंकरको सपथसँगै आयोगले पूर्णता पाएको छ । रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि (पिएडि) गरेका छन् । यसअघि पनि आयोगको सदस्य भइसकेका उमाशंकर स्वास्थ्य बीमा बोर्डको पूर्व अध्यक्ष समेत हुन् । उमाशंकर प्रध्यापन पेशामा समेत सक्रिय थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट