Sep 20 2024 | २०८१, असोज ४ गते

आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरुः चिनियाँ राजदूत

आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरुः चिनियाँ राजदूत

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २३ २०८०
  • आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरुः चिनियाँ राजदूत

    काठमाडौँ । नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता  भएको छ । सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गरे  । 

    images
    images

    यहाँस्थित चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । 

    एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा उपाध्यक्ष हर्कबहादुर रावल, महासचिव अन्जिता खनाल, कोषाध्यक्ष भरत राउत, सचिव अभरत लकाइ, केन्द्रीय सदस्य निर्भयराज पौडेल र परियोजना संयोजक सरिता सापकोटा पनि सहभागी थिइन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट