Sep 20 2024 | २०८१, असोज ४ गते

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २४ २०८०
  • परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गरेका छन्। अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरूपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन उनी आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
     
    उनले यही माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा हुन लागेको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ । 

    images
    images

    मन्त्री साउदका साथमा उनका धर्मपत्नी ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल पनि सहभागी हुनेछन् ।
     
    परराष्ट्र मन्त्रालयका अनुसार उनी पर्थबाट न्यूजील्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन् । उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीबीच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट