Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न बालबालिकालाई सम्मान

ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न बालबालिकालाई सम्मान

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २४ २०८०
  • ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न बालबालिकालाई सम्मान

    तनहुँ । गाउँ सेवा कोष तनहुँले उदाहरणीय सामाजिक सेवा गर्दै आएको छ । कोषले सामाजिक क्षेत्रमा गरेको योगदानले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सहयोग पुगेको छ । 
     
    भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका–१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न बालबालिका र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । चार ज्येष्ठ नागरिकलाई रु छ हजारसहित सम्मान गरिएको कोषका उपाध्यक्ष परशुराम गिरीले जानकारी दिए । 
     
    सत्र टोलका ३९ असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई रु ४१ हजार आठ सय, एक सुत्केरीलाई रु आठ सय, ३३ उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको उहाँले बताए । अरनिको मावि, विद्यानिकुञ्ज मावि र सरस्वती मन्दिर माविका ३३ विद्यार्थीलाई रु ३३ हजार आठ सयसहित सम्मान गरिएको गिरीले बताए । 
     
    उनका अनुसार तीन आधारभूत विद्यालयका २२ विद्यार्थीलाई रु १३ हजार तीन सय ८५ सहयोग गरिएको छ । उनले भने, “गञ्जविष्णु स्मृति पुरस्कार छ, कोही पनि सहारा नभएका असहाय व्यक्तिलाई उपलव्ध प्रदान गरिन्छ, प्रत्येक टोलबाट सङ्कलन गरी आएको सिफारिसमा एक जनालाई रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।”
     
    कुल रु एक लाख २४ हजार नौ सय ५० रकम विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति तथा सुत्केरीलाई सम्मान गरिएको कोषले जनाएको छ । कोषले तनहुँका विभिन्न क्षेत्रका सामाजिक सेवामा उदाहरणीय कार्य गर्दै आएको छ । कोष विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सहयोगमा लागिपरेको छ । 

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट