नेपालद्वारा क्यानडालाई २२५ रनको लक्ष्य
नेपालद्वारा क्यानडालाई २२५ रनको लक्ष्य
काठमाडौँ । तीन खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको छ ।
नेपालका लागि ओपनर कुशल भुर्तलले ६२ रनको अर्धसतकीय इनिङ्स खेले । उनले ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।
आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भिम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाए।
बलिङमा क्यानडाका उदय भगवानले तीन विकेट लिए । साद विन जफर र इश्र्वारजोत सोहीले दुई दुई तथा साहित अमदजाई र हर्स थाकेरले एक एक विकेट लिए । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ ।