सोनाम ल्होसारका लागि तीन दिन सार्वजनिक विदा
सोनाम ल्होसारका लागि तीन दिन सार्वजनिक विदा
काठमाडौँ । सोनाम ल्होसारको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा गरेको छ ।गाउँपालिकाको कार्यालयले बौद्धधर्मालम्वीहरुको बाहुल्यता रहेको इन्द्रसरोवार गाउँपालिकामा आज शुक्रवारदेखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोनाम ल्होसारको अवसरमा माघ २६ देखि २८ गतेसम्म सार्वजनिक बिदाको अवधिमा मातहतका कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्था सबै बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्कीले बताए ।