Sep 20 2024 | २०८१, असोज ४ गते

मापदण्ड विपरीत फोहोर व्यवस्थापन गर्ने स्वास्थ्य संस्थालाई कारबाही हुने महानगरकाे चेतावनी 

मापदण्ड विपरीत फोहोर व्यवस्थापन गर्ने स्वास्थ्य संस्थालाई कारबाही हुने महानगरकाे चेतावनी 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ २६ २०८०
  • मापदण्ड विपरीत फोहोर व्यवस्थापन गर्ने स्वास्थ्य संस्थालाई कारबाही हुने महानगरकाे चेतावनी 

    काठमाडौँ । मापदण्ड विपरीत फोहोर व्यवस्थापन गर्ने स्वास्थ्य संस्थालाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ।शुक्रबार महानगरले एक सूचना जारी गर्दै मापदण्ड विपरीत स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको हो।

    images
    images

    साथै महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन गर्दा मापदण्डको आधारमा गर्न महानगरले आग्रह गरेको छ।

    ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २० उपदफा (२) बमोजिम फोहोरमैला, हानिकारक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको आधारमा रही त्यस्तो फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकाय हुने व्यवस्था रहेको छ साथै सोही ऐनको दफा ५१ र ५२ मा ऐनमा लेखिएको विपरीत कार्य गरेमा कसुर तथा जरिवानाको व्यवस्था रहेको हुँदा महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले सोही बमोजिम आफ्नो स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन गर्न जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचना विपरीत प्रतिकूल कार्य भए/गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत यसै सूचना मार्फत सरोकारवालालाई सूचित गरिन्छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट