images

Jul 27 2024 | २०८१, साउन १२ गते

बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग

बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ २६ २०८०
  • बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग

    मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले  प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गरेका छन् । एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गरेका हुन् ।

    images

    उनले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताए ।   प्रदेश सरकारले सीमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनामा बजेट विनियोजन गर्ने काम गरिरहेको नेता थपलियाको आरोप थियो । 

    सरकारले माघ महिनाको अन्त्यसम्ममा समेत संसद् अधिवेशन आह्वान नगरे २५ प्रतिशत सांसदको हस्ताक्षर सङ्कलन गरी बैठक आह्वान गर्न दबाब दिने नेता थपलियाले पत्रकार सम्मेलनमा बताए । विपक्षी दलले दिएको सुझाव र सम्झौता सरकारले कार्यान्वयन नगरे अन्य कदम चाल्ने नेता थपलियाको  भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार