Sep 20 2024 | २०८१, असोज ४ गते

हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित

हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
  • हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित

    सिन्धुपाल्चोक । नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की  निर्वाचित भएका छन् । सङ्घको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा  कार्कीले ४३४ मत ल्याएका थिए । 

    images
    images

    अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी पार्दै कार्की निर्वाचित भएका हुन् । दुई वरिष्ठ उपाध्यक्षमा  गङ्गाबहादुर घिमिरे (सागर) ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई  निर्वाचित  भएका छन् ।  यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।

    सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट