Sep 20 2024 | २०८१, असोज ४ गते

गृह मन्त्रालयले भन्यो– फागुन १ मा सार्वजनिक बिदा छैन

गृह मन्त्रालयले भन्यो– फागुन १ मा सार्वजनिक बिदा छैन

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
  • गृह मन्त्रालयले भन्यो– फागुन १ मा सार्वजनिक बिदा छैन

    काठमाडौँ । गृह मन्त्रालयले फागुन १ मा (भोली) सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ ।  मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो ।

    images
    images

    गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।

    यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट