Jan 24 2025 | २०८१, माघ ११ गते

images
images

अरुण चौधरीलाई रिहा गरेका न्यायाधीश मुगु सरुवा

अरुण चौधरीलाई रिहा गरेका न्यायाधीश मुगु सरुवा

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
  • अरुण चौधरीलाई रिहा गरेका न्यायाधीश मुगु सरुवा

    काठमाडौँ । बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएका छन्। केही महिनाअघिमात्र सरुवा भएर काठमाडौँ जिल्ला अदालत ल्याइएका आचार्यलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फेरि मुगु जिल्ला अदालत सरुवा गरेका हुन्।

    images
    images
    images

    प्रहरीले अनुसन्धानका लागि चार दिन म्याद लिएकै बेला काठमाडौँ जिल्ला अदालतले फेरि दुई दिनमै चौधरीलाई जमानतमा छाड्न आदेश दिएको थियो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत यसको आलोचना गरेका थिए।

    बाँसबारी छाला जुत्ता प्रकरणमा १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका चौधरी काठमाडौँ जिल्ला अदालतको आदेशमा ६ दिनमै रिहा भएपछि आचार्य विवादित भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार