कानुन जति बन्नु पथ्र्यो त्यति बन्न सकेनन : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना
कानुन जति बन्नु पथ्र्यो त्यति बन्न सकेनन : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना
चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै कानुन अझै बन्न बाँकी रहेको बताए ।
अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताए । “सरकारले नै विधेयक ल्याउन सकेन”, उनले भने । राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।
उनले भने, “राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमा नै पास गरेर पठाएका छौँ ।” सरकारले कानुन बनाउने कुरालाई प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसदमा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए ।