Sep 08 2024 | २०८१, भदौ २३ गते

एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्दै

एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्दै

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २ २०८०
  • एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्दै

    काठमाडौँ । मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ । 

    images
    images

    मलेसियाको क्वालालाम्पुरमा भरखरै भएको टसमा कुवेतकी कप्तान अम्ना तारिकले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । यससँगै नेपालले पहिला फिल्डिङ गर्नेछ । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।

    नेपालले हङ्कङ र भुटानलाई समान आठ/आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो । कुवेतले म्यानमार र सिङ्गापुरलाईलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट