Sep 20 2024 | २०८१, असोज ४ गते

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ४ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ४ २०८०
  • नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

    सिमकोट । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए । यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।

    images
    images

    “नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट-सुर्खेत परीक्षण उडान हुनेछ”, उनले भने, “त्यसपछि सुर्खेत-सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।” यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन । 

    सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए । “सिमकोट-सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ”, उनले भने । सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट