Sep 19 2024 | २०८१, असोज ३ गते

ललितानिवास प्रकरणः पूर्वमन्त्रीहरू गच्छदार, श्रेष्ठ र जोशीले सफाइ पाउने विशेष अदालतको फैसला

ललितानिवास प्रकरणः पूर्वमन्त्रीहरू गच्छदार, श्रेष्ठ र जोशीले सफाइ पाउने विशेष अदालतको फैसला

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
  • ललितानिवास प्रकरणः पूर्वमन्त्रीहरू गच्छदार, श्रेष्ठ र जोशीले सफाइ पाउने विशेष अदालतको फैसला

    काठमाडौँ । विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नाम जोडिएका तीन पूर्वमन्त्रीहरूलाई सफाइ दिएको छ। विशेष अदालतले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ।

    images
    images

    विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललितानिवास प्रकरणमा उनीहरूलाई सफाइ दिएको हो। त्यस्तै, तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई पनि विशेष अदालतले सफाइ दिएको छ। 

    ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। सो मुद्दाको बिहीबार फैसला आएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट