Sep 19 2024 | २०८१, असोज ३ गते

बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ: प्रतिवेदन बुझ्दैछु, आवश्यक कारबाही हुन्छ 

बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ: प्रतिवेदन बुझ्दैछु, आवश्यक कारबाही हुन्छ 

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
  • बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ: प्रतिवेदन बुझ्दैछु, आवश्यक कारबाही हुन्छ 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्ने बताएका छन्। 

    images
    images

    आइतबार बालकुमारी घटनाबारे प्रतिनिधि सभामा उठेको प्रश्‍न सम्बन्धमा जवाफ दिँदै जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले अध्ययन गर्ने बताएका हुन्। 

    शुक्रबार बालकुमारी घटना जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको थियो। उक्त प्रतिवेदन मन्त्री श्रेष्ठले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा पेश गर्ने र त्यहाँ उक्त प्रतिवेदन आफूले बुझ्ने बताए।

    ‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ। गृह मन्त्रालयमा समितिले प्रतिवेदन बुझाएको छ। र आज मैले बुझ्दैछु। प्रधानमन्त्रीको हैसियतले अहिलेसम्‍म मैले हेरेको छैन। मैले बुझ्दैछु। आजै क्याबिनेट छ,’ उनले भने, ‘सरकारले बनाएको छानबिन समितिले ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ। यो विश्वास म दिलाउन चाहान्छु।’

    यस्तै उनले यस घटनापछि सरकारले गरेका कामबारे गलत सूचना प्रवहा भइरहेको पनि बताए। सरकारले उक्त घटनापछि घटनामा संलग्नहरूलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको पनि बताए। यसलाई सरकारले गम्भीर रूपमा लिएकै कारण संलग्नहरूलाई निलम्बन गरेको पनि बताए।

    ‘मृतकका परिवारलाई १० लाख मात्रै होइन, माननीय ज्यूहरूले १० लाख दिएर चुप लागेर बसेको भने। त्यो कुरा बिल्कुल तथ्यहिन हो। छानबिन समिति पक्कै पनि प्रतिपक्षले बनाएको त होइन। त्यो त नेपाल सरकारले नै बनाएको हो। मेरै प्रस्तावमा छानबिन समिति बनाएको हो,’ उनले भने।  त्यस घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले रोजगारी दिने निर्णय गरेको पनि बताए। र श्रम मन्त्रालयले इपिएस शाखाबाट थप रकम दिन पनि निर्देशन दिइएको उनले बताए।

    आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दलका नेताहरूले बालकुमारी घटनाबारे प्रश्न उठाएका थिए। त्यस विषय उठेपछि उत्तर दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका हुन्।  गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य थिए।

    उक्त समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको आयोगले जनाएको छ। त्यस्तै प्रहरीका फिल्ड इन्चार्ज डिएसपी उमेश लम्साल र पिएसओ बोधराज दनुवारको पनि कमजोरी भएको भन्दै विभागीय कारबाहीको सिफारिस भएको हो। त्यसबारे सरकारले निर्णय लिइसकेको छैन। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट