Sep 19 2024 | २०८१, असोज ३ गते

बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल

बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
  • बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । 

    images
    images

    अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गरेका थिए । यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ । 

    बैँङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो । 

    त्यस्तै यस्ता कसूरको सजाय र अदालती प्रक्रियालाई थप सरल एवम् पारदर्शी बनाउन कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले गत असोजमा यो विधेयक दर्ता गरेको हो । बैंङ्किङ तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने जस्ता प्रवृत्ति बढेपछि संशोधित कानुन ल्याउन लागिएको हो । फागुन १० गते बिहीबार बिहान ११ बजे बस्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट