Sep 19 2024 | २०८१, असोज ३ गते

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
  • वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। रौतहटको इशनाथ नगरपालिकामा भएको दुई पक्षीय झडपको विषयलाई लिएर सोमबार वीरगञ्जमा पनि विरोध जुलुस भएपछि प्रमुख जिल्‍ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यू आदेश जारी गरेका हुन्।

    images
    images

    वीरगञ्जमा पनि विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएर सर्वसाधारणको सुरक्षामा जोखिम हुनसक्ने भन्दै प्रजिअ भुसालले कर्फ्यू आदेश जारी गररेका हुन्। 

    सोमबार बेलुकी ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यू आदेश जारी भएको हो। 

    त्यसविरूद्ध प्रदर्शन, भेला गर्ने, हिँडडुल गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।  पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)लाई सीमा तोकेर कर्फ्यू आदेश जारी गरेको हो।  

    रौतहटको इशनाथ नगरपालिका-७स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति बिसर्जन गर्ने बेलामा दुई समूहबीच ढुंगामुढा र लाठी हानाहान भएको थियो। दोहोरो झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले सुरूमा वडा नम्बर ६ र ७ मा कर्फ्यू आदेश गरेको थियो।  त्यसपछि प्रशासनले पुनस् वडाहरू २, ३, ४ र ५मा पनि कर्फ्यू आदेश जारी गरेको हो।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट