Sep 19 2024 | २०८१, असोज ३ गते

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
  • सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
     
    राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरें । सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो । 

    images
    images

    अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवशायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताए । 

    फरक प्रसङ्गमा अध्यक्ष ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य र क्षमतावान व्यक्ति नियुक्ति गरिनुपर्ने खाँचो रहेको औँल्याए । उपकुलपतिमा भागबण्डा नगरी उपयुक्त व्यक्ति नियुक्त गरिनुपर्ने उनको भनाइ थियो ।
     
    नेपालमा अझै पनि प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासको खडेरी रहेको जिकिर गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले बसालेको लोकतान्त्रिक थितिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट