Sep 19 2024 | २०८१, असोज ३ गते

पैदल यात्रामा रहेका मिटरब्याज पीडितहरु आज काठमाडौँ छिर्ने तयारीमा

पैदल यात्रामा रहेका मिटरब्याज पीडितहरु आज काठमाडौँ छिर्ने तयारीमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ८ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ८ २०८०
  • पैदल यात्रामा रहेका मिटरब्याज पीडितहरु आज काठमाडौँ   छिर्ने तयारीमा

    काठमाडौँ । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाडौँ आइपुग्दैछन् । हिजो धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाडौँ छिर्ने तयारीमा छन् ।

    images
    images

    पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । अनि १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । त्यसपछि काठमाडौँतर्फ लागेका हुन् ।

    मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।

    पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

    झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाण्डौसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताए ।

    पैदलयात्रा गरिरहेका पीडितहरु काठमाडौँको शान्तिबाटिकामा बस्ने तयारीमा छन् । सरकारले तीन वर्षदेखि आश्वासन दिए पनि माग पूरा नगरेको अध्यक्ष कुशवाहले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट