Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रिय समावेशी आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय समावेशी आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ८ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ८ २०८०
  • राष्ट्रिय समावेशी आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरुप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । आज यहाँ आयोजित राष्ट्रिय समावेशी आयोग तेस्रो स्थापना दिवस कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले समय–समयमा संवैधानिक आयोगबीच अन्तरक्रिया गर्ने र आयोगले लक्ष्यअनुरुपका काम समयमै गर्नुपर्ने बताए ।
     
    उनले भने, “आयोगका सदस्यले काम प्रभावकारी बनाउन जरुरी छ । आयोगले गरेको काम कर्तव्यको पुनरावलोकनसँगै विगतमा गरेका गतिविधिको समीक्षा हुनुपर्छ ।”
     
    अध्यक्ष तिमिल्सिनाले कमजोर वर्गलाई विशेष प्राथमिकतासँगै अवसरको सृजना गर्न आयोगले वातावरण मिलाउनुपर्नेमा जोड दिए । उनले आयोगमा आएका विषयमाथि छलफल गरेर चर्चा गर्नुपर्ने बताए । उनले भने, “पहुँच नहुनेका लागि राज्यको सेवासुविधा सजिलोसँग पाउने वातावरण मिलाउनुपर्छ । भेदभावबिना राज्यबाट पाउने सेवासुविधा सबै नागरिकले पाउनुपर्छ ।”
     
    आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले विज्ञ र अनुसन्धानकर्तामार्फत गरेको अध्ययनका आधारमा समावेशिताका लागि गरेको सिफारिस कार्यान्वयन गर्न सरकारका सम्बन्धित निकायले बेवास्ता गरेको बताए । उनले भने, “आयोगले सिफारिस गर्ने तर सरकार र संसद्ले गम्भीरतापूर्वक नलिने हो भने अहिलेको संविधान र संविधानवादको उपहास हुन पुग्छ । पछाडि परेको जाति, वर्ग र समुदायलाई राज्यको शासन प्रणालीमा मूलप्रवाहीकरण गर्न  तथा सामाजिक न्याय प्राप्तिका लागि आयोग सधैँ क्रियाशील रहेको छ ।”

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट