Sep 17 2024 | २०८१, असोज १ गते

उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन : योगेश भट्टराई

उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन : योगेश भट्टराई

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १० २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १० २०८०
  • उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन : योगेश भट्टराई

    काठमाडौँ । नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    images
    images

    उनले प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढङ्गले उपकुलपति नियुक्ति गर्ने भने पनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गरे । उनले अनुसन्धान, प्रस्तुतिमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताए ।

    उनले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उनले उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताए । उनले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भर्त्सनासमेत गरे ।

    अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गरे । उनले पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिविको जस्तै रहेकाले सोबारेमा पनि विशेष ध्यान दिन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार