जिल्ला अदालतकाे फैसला बदरको मागसहित सन्दीप पुगे पाटन उच्च अदालत
जिल्ला अदालतकाे फैसला बदरको मागसहित सन्दीप पुगे पाटन उच्च अदालत
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत पाटन गएका छन् ।
काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।जिल्ला अदालतको फैसला बदरको मागसहित सन्दीपले उच्चमा पुनरावेदन दिएका हुन् ।
बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेर जिल्ला अदालतको फैसला बदरको माग गरेका हुन् । अहिले सन्दीपको पुनरावेदनको निवेदन दर्ता प्रक्रिया अघि बढ्दै छ ।