images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन : मन्त्री गुरुङ

संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन : मन्त्री गुरुङ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
  • संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन : मन्त्री गुरुङ

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिलाई ‘गाईजात्रा’ देखाउने थलोको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिमा बसेको बैठकमा मन्त्री गुरुङले प्रमुख सचिवालयबाट आएको क्लालेन्डरमा समितिका सदस्यहरुले आपत्ति जनाएपछि मन्त्रीले गाईजात्रा देखाउने थलोको रुपमा समितिलाई प्रयोग नगर्न आग्रह गरेका हुन् ।

    उनले भने, ‘क्यालेन्डरको कुरा गर्दा क्यालेन्डरमा के लेखिएको छ भने सभाको बैठक नबस्ने दिनहरु समितिको बैठक बस्ने व्यवस्था गरिएको छ । प्रमुख सचिवालयबाट क्लालेन्डर आएपछि समितिलाई गाईजात्रा देखाउने थलोको रुपमा प्रयोग नगरौं । संसदको सचिवालयले शनिबार बाहेक ६ दिनमा तीन दिन संसद बस्ने, संसद नबसेको दिन समितिको बैठकको लागि भनेर प्रष्ट लेखिएको छ । समितिमा सूचना दिन नपाउने, सूचना दिन पाउदैंन् भन्ने ढङ्गले समिति चल्दैन, सूचना दिने हक म सँग पनि छ ।’

    यस्तै, उनले समितिको कार्यसूचीभन्दा बाहिर गएर समितिमा छलफल भएको भन्दै आपत्ति जनाए । मन्त्री गुरुङले भाषण मात्रै नगर्न र विषय प्रवेश गरेर छलफल गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट