Sep 17 2024 | २०८१, असोज १ गते

मुआब्जा माग गर्दै तामागढी–सिम्रौनगढ हुलाकी सडक खण्डमा जग्गाधनीहरू आन्दोलित

मुआब्जा माग गर्दै तामागढी–सिम्रौनगढ हुलाकी सडक खण्डमा जग्गाधनीहरू आन्दोलित

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
  • मुआब्जा माग गर्दै तामागढी–सिम्रौनगढ हुलाकी सडक खण्डमा जग्गाधनीहरू आन्दोलित

    बारा । तामागढी–सिम्रौनगढ सडक खण्ड निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि अधिग्रहण भएको जग्गाबापत सरकारबाट मुआब्जा नपाएको भन्दै स्थानीयवासीहरुले आन्दोलन गर्दै आएका छन् । सरकारले निर्धारण गरेको मुआब्जा रकम पटक पटक अनुरोध गर्दा समेत पाउन नसकेका उनीहरुले सो मागबारे कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा सङ्घर्ष समिति गठन गरेर आन्दोलन गरेका हुन् ।

    images
    images

    सो क्षेत्रका स्थानीयहरूले एक सातादेखि निरन्तर दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सडक अवरुद्ध गर्दै आएका छन्  ।  जग्गाधनीले सरकारबाट करिब ६५ देखि ७० बिघा जग्गाको २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुआब्जा रकम नपाएको सङ्घर्ष समितिका अध्यक्ष अनवर अन्सारीले बताए ।  ‘पटक पटक विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्रीलाई समेत जानकारी र ज्ञापनपत्र बुझाएका थियौँ तर हामी गरिबको समस्यामा सरकारले कुनै चासो नदिएका कारण हामी आन्दोलित भएका हौँ ।’

    अध्यक्ष अन्सारीले भने–‘मन्त्रालय जाँदा आउँदा नै तिन लाख खर्च भइसकेको छ तर हाम्रो मागतर्फ कसैको ध्यान भएको नपाएपछि दबाबमूलक आन्दोलनसँगै रिले अनसन सुरु गरेका हौँ’ सङ्घीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बायाँबाट १५र१५ मिटर अधिग्रहण गरिएको थियो । ३९ दशमलव ७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौँ ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्त्वपूर्ण सडक हो । 

    साबिकका १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार