१४ केजी सुन प्रकरण : कलेज सञ्चालक गुरुङ पक्राउ
१४ केजी सुन प्रकरण : कलेज सञ्चालक गुरुङ पक्राउ
काठमाडौँ । १४ किलोग्राम सुन प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
उनलाई आज बिहान सामाखुशीबाट पक्राउ गरिएको सीआईबीका सहप्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले २१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो ।
गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।