Sep 08 2024 | २०८१, भदौ २३ गते

त्रिदेशीय टी-२० शृङ्खलाका लागि नेपाली टोली घोषणा

त्रिदेशीय टी-२० शृङ्खलाका लागि नेपाली टोली घोषणा

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
  • त्रिदेशीय टी-२० शृङ्खलाका लागि नेपाली टोली घोषणा

    काठमाडौँ । काठमाडौँमा हुने त्रिदेशीय टी-२० शृङ्खलाका लागि नेपाल क्रिकेट संघले नेपाली टोली घोषणा गरेको छ।

    images
    images

    कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा मंगलबारदेखि शुरू हुने शृङ्खलामा नेपाल, नेदरल्यान्डस् र नामिबिया प्रतिस्पर्धा गर्नेछन्। आइसीसी पुरुष विश्वकप लिग-२ का लागि नेदरल्यान्डस् र नामिबिया नेपालमा भ्रमण आएका हुन्।

    शृङ्खलाका लागि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको हो। नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा छन्।

    यसअघि भएको लिग-२ मा भने नेपालमा प्रदर्शन राम्रो रहेन। नेपालले चार खेलमा एक खेल मात्रै जित्न सक्यो।

    नेपाल भ्रमणमा रहेका नामिबिया चारमध्ये तीन र र नेदरल्यान्डस्ले दुई खेल जिते। लिग-२ को अंक तालिकामा नामिबिया ६ अंक सहित शीर्षस्थानमा छ भने नेदरल्यान्डस्को चार अंक सहित दोस्रो स्थानमा छ। नेपालमा भने तेस्रो स्थानमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट